दफा ४
योगदान जम्मा गर्नु पर्ने
(१) प्रत्येक सूचीकृत रोजगारदातालेआफूले नियुक्त गरेको वा रोजगार सम्बन्ध
कायम भएकोप्रत्येक श्रमिकको योगदानयोग्य आयकोदफा ७ बमोजिमको योगदान र त्यस्तो योगदानमा
सूचीकृत रोजगारदाताले सोही दफा बमोजिम रकम थपी नियमित रूपमा कोषमा जम्मा गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम योगदान जम्मा गर्दा श्रमिकको सूचीकरण भएको दिनदेखि
रोजगारीमा कायम रहेको अन्तिम दिनसम्मको गर्नु पर्नेछ ।
(३) कोषले अन्यथा तोकेकोमा बाहेक योगदान रकम जम्मा गर्दा मासिक रूपमा गर्नु पर्नेछ र
पूरा महिनाको योगदान गर्नु नपर्ने अवस्था भएमा दामासाहीका आधारमा गर्नु पर्नेछ ।
(४) योगदानयोग्य आय भुक्तान गर्नु पर्ने महिना समाप्त भएको पन्ध्र दिनभित्र उपदफा (१)
बमोजिमको योगदान कोषमा दाखिला हुने गरी जम्मा गर्नु पर्नेछ ।
(५) सरकारी सेवामा बहाल रहेको व्यक्ति वा सरकारी कोषबाट पारिश्रमिक पाउने व्यक्तिको
योगदानयोग्य आयमा तोकिए बमोजिमको योगदान कट्टी गरी सम्बन्धित कार्यालयले कोषमा जम्मा
गरिदिनेछ ।